ताजा समाचार

काठमाडौं महानगरभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । विगतका वर्षहरूमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने व्यवस्था गरिएको थियो । तर, यो वर्ष राति १ बजेसम्म खेल्न पाइने महानगरले जनाएको छ ।

कोरोना महामारी तथा सुरक्षाको कारण विगतका वर्षहरूमा देउसी भैलो खेल्न समय छोट्याइएको थियो । राति १ बजेसम्म देउसी खेल्दा सुरक्षाकमो लागि पेट्रोलिङको व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।

सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेल्न काठमाडौं महानगरका प्रमुख बालेन शाहले अनुरोध गरे । महानगरले प्रहरी र स्थानीय प्रशासनलाई समेत सोही आधारमा सुरक्षा प्रबन्ध मिलाउन अनुरोध गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org