ताजा समाचार

बंगलादेशले अष्ट्रेलियालाई दियो ३०७ रनको लक्ष्य

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अष्ट्रेलियालालई जितका लागि ३०७ रनको लक्ष्य दिएको छ।

महाराष्ट्र क्रिकेट एशोसिएशन पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले पूरा ओभर खेलेर ८ विकेटको क्षतिमा ३०६ रन बनाएको हो। बंगलादेशका टोहिड हृडोयले सर्वाधिक ७४ रन बनाए। उनले ७९ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

कप्तान नजमुल हुसैन शान्टोले ५७ बलमा ६ चौका हान्दै ४५ रन बनाए। त्यस्तै तान्जिड हसनले ३६, लिटोन दासले ३६, महमुदुल्लाहले ३२, मुस्फिकर रहिमले २१ र मेहदी हसन मिराजले २९ रन बनाए। बलिङतर्फ सिन एब्बोट र एडम जम्पाले २–२ विकेट लिँदा मार्कस स्टोइनिसले १ विकेट लिए।

८ खेलमा ६ खेल जितेको अष्ट्रेलिया लिग तालिकाको तेस्रो स्थानमा छ भने बंगलादेश ८ खेलमा ६ हार ब्यहोर्दै आठौं स्थानमा छ। लिग चरणबाट शीर्ष ४ टोली सेमिफाइनल खेल्नेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org