टी–२० सिरिज खेल्न नेपाली महिला टोली हङकङ प्रस्थान
काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले चार देश सम्मिलित ट्वान्टी–२० क्रिकेट सिरिजमा राम्रो प्रदर्शन गर्ने बताएकी छन् ।
२० कात्तिकदेखि हङकङमा हुने टी–२० सिरिज खेल्न नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दैछ । त्यसको अघिल्लो दिन शनिबार नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीहरुको बिदाइ कार्यक्रम राखेको थियो ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै नवनियुक्त कप्तान इन्दुले यो प्रतियोगिता आफ्नो लागिसमेत अवसर भएको बताइन् । ११ वर्षदेखि नेपालको कप्तानी सम्हाल्दै आएकी रुबिना क्षेत्रीको स्थानमा क्रिकेट संघले इन्दुलाई जिम्मेवारी दिएको थियो ।
कप्तान इन्दुले यसलाई चुनौतीका रूपमा लिएको बताएकी छिन् । छोटो समयको प्रशिक्षणका क्रममा फिल्डिङ र फिटनेसमा काम गरेको भन्दै उनले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन् ।
नवनियुक्त प्रशिक्षक मनोज कटवालले पनि ६र७ दिनको तयारी मात्र भएकाले चुनौती भएपनि च्याम्पियन भएर फर्किने आशा व्यक्त गरे ।
कार्यक्रममा क्यानका सचिव पारस खड्काले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन भएर घर फर्कन शुभकामना दिए ।
Comments
अरु समाचार
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । अरुण जेटली स्टेडियममा भएको खेलमा...