ताजा समाचार

विप्लवलगायतका शीर्ष नेताहरु भूकम्पप्रभावित क्षेत्रमा अस्थायी टहरा बनाउँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत शीर्ष नेताहरू जाजरकोटको भूकम्प प्रभावित क्षेत्र नलगाड नगरपालिका वडा १ का भूकम्प पीडितहरूको अस्थायी घर बनाइरहेका छन्।

पीडितहरूसँग भेटघाटपछि सोही ठाउँमा घर भत्केर त्रिपालमा रात कटाउँदै आएका कले विकको घर पुनर्निर्माण गरी विप्लवको पार्टीले पुनर्निर्माण अभियानको उद्घाटन गरेको छ । यो अभियान भूकम्प प्रभावित सबै ठाउँमा सञ्चालन हुने नेकपाका नेताहरूले बताएका छन् ।

पार्टीको तर्फबाट राहत, उद्धार र पुनर्निर्माण सहयोग गर्न विप्लवसहितका टोली बिहीबार जाजरकोट पुगेको थियो । गत शुक्रवार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम ९पश्चिम० मा १५४ जनाले ज्यान गुमाएका थिए भने अर्बौंको भौतिक संरचनामा क्षति पुगेको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org