ताजा समाचार

गोरखामा घर जलेर आमाछोराको मृत्यु

काठमाडौं । गोरखामा घर जलेर आमाछोराको मृत्यु भएको छ । धार्चे गाउँपालिका १ हुल्चुकमा शनिबार राति घरमा लागेको आगलागीमा परेर उनीहरुको मृत्यु भएको वडाध्यक्ष रामसिं गुरुङले जानकारी दिए ।

उनका अनुसार ७८ वर्षकी आमा कान्छी गुरुङ र ५३ वर्षका छोरा चनारसिं गुरुङको मृत्यु भएको हो । ‘घरभित्र सल्लाको काठ थियो । कसरी जल्यो भन्ने थाहा छैन,’ उनले भने, ‘राती आगो लागेछ । अहिले प्रहरीहरु आइरहेका छन् ।’

घर पूर्ण रुपमा जलेर सकिएको छ । जाडोको समयमा आगो ताप्दै घरभित्र सुत्ने उत्तरी गोरखामा धेरैको चलन छ । उनीहरु पनि आगो ताप्ने क्रममा घटना भएको हुनसक्ने बताइएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org