ताजा समाचार

रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते

काठमाडौं । काठमाडौंबाट दाङ आउँदै गरेको यात्रुवाहक बस गएराति रुपन्देहीको देव दह नगरपालिका वडा नम्बर–८ भलुहीमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

दुर्घटनामा परि घाइते भएकाहरू मध्ये दुईजनाको अवस्था गम्भिर रहेको र बाँकी अठारजनाको उपचार पछि डिस्चार्ज भइसकेको प्रहरी कार्यलय बुटवलका डिएपी होम थापाले बताएका छन् । थापाका अनुसार गम्भीर घाइते भएका दुई जनालाई भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ ।

गम्भीर घाइते हुनेमा दाङको शान्तिनगर– ५ बस्ने २९ वर्षीय वीरेन्द्र चौधरी, र सल्यानको कपुरकोट–५ बस्ने ४० वर्षीय रिखि साहु रहेका छन् ।

बा प्र ०३–००१ नम्बरको बस गए राति १२ बजेतिर सडकबाट करिब ३÷४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरूमध्ये २० जना घाइते भएको थिए ।बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org