ताजा समाचार

ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता सिर्जना गर्नेलाई छुट दिन सकिँदैन: प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता सिर्जना गर्नेलाई छुट दिन नसकिने बताएका छन् । आज सिंहदरबारमा अर्थतन्त्रको संकटबारे निजी क्षेत्रसँग छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

विगत केही वर्षदेखि नेपाली अर्थतन्त्र समस्याग्रस्त छ । छलफलमा बोल्दै प्रचण्डले नेपाली अर्थतन्त्रको सूचक सकारात्मक भएपनि अर्थतन्त्र दबाबमुक्त भयो भन्ने अवस्था पनि नरहेको बताएका छन्।

उनले भने अर्थतन्त्र दबाबमा छ, सरकार, राजनीतिक दल र निजी क्षेत्र मिलेर सामना नगर्ने हो भने संकट गहिरिनसक्छ भन्ने सोचका साथ कदम चाल्दै आएको बताए । अहिले सहकारी, लघुवित्त र बैंकको ब्याजका साथै व्यवसायीले कर्जा नपाउने समस्या पनि रहेको उनले बताए ।

तर यसलाई देखाएर एकथरी मान्छेले राजनीतिक लाभ उठाउने कोसिस गरिरहेको उनले बताए । ‘अहिले समाजमा अराजकता फैलाउने कोशिस भइरहेको छ’, बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘आजको बैठकबाट बाहिरको भ्रम चिर्न र सरकार र दलहरु, जो संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छन्, उनीहरु समस्या समाधान गर्न एकठाउँमा छन् भन्ने सन्देश दिन सक्नुपर्छ ।’

सहकारी, लघुवित्त क्षेत्रमा देखिएको संकट समाधानको उपाय खोज्नुपर्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता सिजना गर्न खोजेका छन् । त्यस्तो अराजकतालाई छुट दिन सकिँदैन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org