विश्वकप छनोट: ब्राजिलमाथि अर्जेन्टिनाको सानदार जित
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलमाथि अर्जेन्टिनाले जित हात पारेको छ। चिरप्रतिद्वन्द्वी ब्राजिललाई उसैको मैदानमा अर्जेन्टिनाले १–० गोलको जित निकालेको हो।
ब्राजिलको माराकाना रंगशालामा समर्थकबीच झडप हुँदा ढिलो गरी सुरु भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। समर्थकबीच झडप हुँदा अर्जेन्टिनाका खेलाडी ड्रेसिङ रूममा गएका थिए। दोस्रो हाफमा अर्जेन्टिनाले अग्रता लिँदा घरेलु समर्थक स्तब्ध बने। ६३ मिनेटमा निकोलास ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। उनले सेल्सोको पासमा गोल गरेका थिए।
खेलको ८१ मिनेटमा ब्राजिल १० खेलाडीमा सीमित बन्यो। ब्राजिलका जोइलिन्टनलाई रेफ्रीले सिधा रातो कार्ड दिएर मैदान बाहिर पठाएका थिए। अर्जेन्टिनाका डि पललाई हातले धकेलेपछि उनलाई रातो कार्ड दिइएको थियो। जितसपछि अर्जेन्टिना शीर्ष स्थानमै छ। अर्जेन्टिनाको ६ खेलबाट १५ अंक छ। दोस्रो स्थानको उरुग्वेको १३ अंक छ। उरुग्वेले आजै बोलिभियालाई ३–० ले हरायो।
यता ब्राजिल भने छैटौं स्थानमा झरेको छ। ब्राजिलको ६ खेलबाट ७ अंक छ। ब्राजिल विश्वकप छनोटको सुरुवाती दुई खेलमा जित निकालेपछिका चार खेलमा जितबिहीन छ। तेस्रो खेलमा भेनेजुएलासँग ११ गोलको बराबरी खेलेपछि ब्राजिलले विश्वकप छनोटमा लगातार तीन खेलमा हार बेहोरिसकेको छ। दक्षिण अमेरिकाबाट २०२६ को विश्वकपका लागि ६ टिम सिधा छनोट हुनेछन् भने एक टिमले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउनेछ।
Comments
अरु समाचार
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...












