ताजा समाचार

एमालेको संकल्प यात्रा कार्ययोजना पारित,अध्यक्ष ओलीले झुलाघाटमा उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेले १४ मंसिरबाट मध्यपहाडी लोकमार्गमा सुरु गर्ने झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको कार्ययोजना पारित गरेको छ ।

बुधबार बसेको केन्द्रीय कमिटी बैठकले उक्त पदयात्रा कार्यक्रमको कार्ययोजना पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

गौतमका अनुसार यो यात्राको उद्घाटन १४ मंसिरको विहान साढे ८ बजे बैतडीको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर
गरेर गर्ने कार्यक्रम रहेको छ ।

३ हप्तासम्म चल्ने पदयात्राको नेतृत्व अध्यक्ष ओलीले गर्नेछन् भने केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मीहरु टोलीमा रहनेछन् ।

नेपालमा पहाडी क्षेत्रको भूगोल सबैभन्दा धेरै रहेको, उल्लेख्य बसोबास रहेको, जैविक विविधता र जलस्रोतको भण्डार रहेकाले यस क्षेत्रलाई केन्द्रित गरेर कार्यक्रम गरिएको प्रचार विभाग प्रमुख गौतमले बताए । कार्यक्रम समापन भने पाँचथरको चिवाभञ्ज्याङमा अभियानको सन्दर्भ झल्काउने र निश्चित स्मृति चिह्नहरुसहित हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org