ताजा समाचार

एमाले संकल्प यात्रा: आज अछाम र दैलेखमा कार्यक्रम (सूचीसहित)

अछाम । नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत ‘संकल्प यात्रा’अन्तर्गत आज अछाम र दैलेखमा कार्यक्रम हुँदैछ ।  विहान ८ बजेदेखि अछामबाट सुरु हुने यात्रा दैलेखसम्म पुग्ने एमाले सुदूरपश्चिम कमिटीले जनाएको छ ।

एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत अभियान ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ जारी छ । केही दिनअघि दार्चुलाको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राको उद्घाटन गरेका थिए । एमालेको झण्डै २ हजार किलोमिटर लामो संकल्प यात्रा हुने भएको हो ।

एमालेले उक्त अभियानलाई नागरिक र पार्टीबीच सम्बन्ध सेतुको रूपमा अर्थ्याएको छ। उक्त अभियानमा एमालेले आम नागरिकहरूको अनुभूति र अपेक्षा सुन्ने बताएको छ। अभियानमा ठूला सभाहरू कम र अन्तर्क्रिया, अन्तरसंवाद र व्यवसायी तथा स्थानीयस्तरका उद्यमीसँगको छलफललाई बढावा दिने एमालेको लक्ष्य छ। सभामा अध्यक्ष ओली र स्थानीय नेताले बोल्नेछन्।

कम्तिमा एउटा जिल्लामा एउटा सभा भइरहेको छ। उक्त अभियानका क्रममा पुग्ने स्थानीय तथा जिल्ला कमिटीले नै खर्चको व्यवस्थापन गर्ने एमालेले जनाएको छ। केन्द्रले नगरी नहुने शीर्षकमा मात्र केन्द्रीय कोषबाट खर्च गरिने बताइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org