विराटनगरमा पत्रकार देवानमाथि आक्रमण गर्नेलाई कारबाही गर्न पत्रकार संगठनहरुको माग
विराटनगर । पत्रकार प्रेम देवानमाथि विराटनगरमा एक समूहले आक्रमण गरेको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिकामा बाहिर अज्ञात समूहले उनलाई आक्रमण गरेका हुन् । विराटनगर–७, सातघुम्तीमा बुधबार भएको आगलागी नियन्त्रणमा स्थानीय सरकारको भूमिका कमजोर भएको भन्दै पीडित पक्षले गरेको आन्दोलनमा समाचार सङ्कलनका लागि पत्रकार देवानलाई बोलाइएको थियो । फेसबुक स्टाटसको विषयलाई लिएर आफूलाई आक्रमण गरिएको पत्रकार देवानले बताए ।
‘आन्दोलनको समाचार लेख्न बारम्बार फोन गरेर बोलाए । समाचार सङ्कलन गर्न पुगेपछि अज्ञात समूहले आक्रमण गर्यो,’ उनले भने । आक्रमणबाट पत्रकार देवाको बायाँ हातमा चोट लागेको छ । आक्रमण गर्ने विरुद्ध पत्रकार देवानले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन् ।
उजुरी दिएपछि मोरङ प्रहरीले पत्रकार देवानलाई आक्रमण गर्नेको खोजी कार्य जारी राखेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।यसैबिच पत्रकार देवानलाई आक्रमण गर्नेलाई कारबाही गर्न पत्रकार सम्बद्ध संघसंगठनहरुले माग राखेका छन् । नेपाल पत्रकार महासंघ, प्रेस यूनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपाल, नेपाल आदिवासी जनजाति महासंघ मोरङलगायत विभिन्न संघसंगठनले पत्रकार देवानलाई आक्रमण गर्नेलाई पक्राउ गरी कारबाहीका लागि माग राखेका हुन् ।
‘पत्रकारले कुनै पनि घटनाको विषयमा लेख्ने, रिपोर्टिङका लागि छायाङ्कन गर्ने तथा अन्तर्वार्ता लिने स्वतन्त्रता संविधानले नै दिएको छ । संविधान प्रदत्त काम गर्ने क्रममा कानुन हातमा लिएर कुटपिटमा उत्रिने र लछारपछार गर्ने काम निन्दनीय छ । समाचार लेखेकै कारण पत्रकार देवानमाथि भएको आक्रमणलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननको रूपमा लिएको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
टाइब्रेकरमा जलथललाई हराउँदै गाईघाट युनाइटेड सेमिफाइनलमा
गछिया (मोरङ)। प्रथम गछिया गोल्डकप–२०८२ को बुधबार भएको खेलमा गाईघाट युनाइटेड फुटबल क्लबले जीत हासिल गर्यो । झापाको जलथल फुटबल...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...












