ताजा समाचार

सरकारको कामबाट कांग्रेसका नेता पनि आजित भइसकेः ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तासाझेदार नेपाली कांग्रेस नै वर्तमान सरकारसँग आजित भइसकेको दाबी गरेका छन् ।

कुहिएको फलझैँ सरकार आफैँ झर्ने अवस्थामा पुगेको टिप्पणी उनले गरे ।

मध्यपहाडी संकल्प यात्राको १५औं दिन भोजपुरको पौवादुङ्मा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आयोजित जनभेटघाटमा बोल्दै उनले एमाले सरकारबाट हटेसँगै देश बर्बादीतर्फ गएको जिकिर गरे ।

प्रचण्ड नेतृत्व सरकारको कामबाट गठबन्धनको घटक कांग्रेस नै आजित भइसकेको उनको दाबी छ । देशको अवस्था देखेर कांग्रेसकै नेताहरू ८४ सालको चुनाव पर्खन नसक्ने बताउन थालेको उनको भनाइ छ ।

ओलीले भने, ‘देशको अवस्था नाजुक देखेर, देशको राजनीति बिग्रिएको देखेर, अर्थतन्त्र बिग्रिएको देखेर ,जनताले दु:ख पाएको देखेर सबैमा चिन्ता छाउने स्थिति बनेको छ ।’

उनले विकासको सम्भावनाको खोजीका लागि मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रामा आफूहरू हिँडेको बताएका छन् ।

‘कुनै पनि ठाउँ पछाडि पर्‍यो, कोही पनि गरिब भयो भने समृद्ध नेपाल सुखी नेपाली हुन सक्दैन । त्यसैले सबैको समस्या र सम्भावनाको प्रत्यक्ष अवलोकन गर्न एमाले यो यात्रामा निस्किएको हो ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org