ताजा समाचार

एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमण प्रयास

धनकुटा । मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा आक्रमण प्रयास भएको छ ।

भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका- ५ लेगुवामा ओलीमाथि आक्रमण प्रयास भएको हो । उनीमाथि लेगुवाकै महेश राईले आक्रमण गर्न खोजेको जनाइएको छ । ओलीको स्वागतमा लाइनमा बसेकाहरुको बीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर आक्रमण प्रयास गरेका हुन् ।

राईलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले राईले मादक पदार्थ सेवन गरेको पाइएको बताएका छन् । उनले पूर्वप्रधानमन्त्री ओलीलाई छुन नपाएको समेत बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org