ताजा समाचार

महानगर दिवसको दिन बालेनले राखे प्रधानमन्त्रीसमक्ष तीन माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुनेको मुआब्जा,खोला अतिक्रमण र दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेका छन्।

शुक्रबार महानगरको २९ औँ महानगर दिवस कार्यक्रममा प्रमुख शाहले संघ,प्रदेश र स्थानीय तहसँग मिलेर यी तीन समस्याको समाधान गर्न माग गरेका हुन्।

उनले महानगरबाट काम पनि भइरहेको बताए। ‘हामीले गरेका काम तपाईँहरूले थाहा पाइसक्नु भएको छ,तर अझै बाँकी काम छन्,महानगरले बाचा गरेको छ। तीमध्ये विशेष तीनकुनेको मुआब्जाको विषय छ। खोला अतिक्रमणको समस्या छ। फोहोर व्यवस्थापनको दिर्घकालीन व्यवस्थापन गर्नुपर्ने काम छ। प्रधानमन्त्रीज्यू यहीँ हुनुहुन्छ। संघ प्रदेश र स्थानीय सरकार मिलेर यो सबै मिलाउन सकोस् भनी कामना गर्छु,’उनले भने।

महानगर प्रमुख शाहले अझै ३ वर्ष कार्यकाल बाँकी रहेको भन्दै उक्त कार्यकालमा बाँकी काम गर्ने बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org