ताजा समाचार

एनसेल सेयर खरिद सम्झौताको दस्तावेज पुग्यो प्राधिकरण

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सेयर खरिद सम्झौताको दस्तावेज नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको छ।

सेयर बिक्रीको विषयमा प्राधिकरणले पटक–पटक ताकेता गरेपछि एनसेलले दस्तावेज बुझाएको हो।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलसँग माग गरिएको कागजात बुझाएको बताए। ‘एनसेलले कागजात बुझाएको छ, त्यसमा के छ भन्ने विषयमा अब हामी यसको अध्ययन गर्छौं’, उनले भने।

सरकारी निकायलाई कुनै जानकारी नै नदिई गत मंसिर १५ मा सतिशलाल आचार्यका नाममा रहेको बेलायतको ‘स्पेक्ट्रलाइट यूके’ कम्पनीले एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको देखिन्छ। यसको मूल्य ६ अर्ब ६५ करोड रुपैयाँ छ। जबकि ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी अजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै यसलाई १ खर्ब ४३ अर्ब तिरेको थियो।

स्पेक्ट्रलाइट यूके २०२३ सेप्टेम्बर २६ मा एक डलरमा बेलायतमा दर्ता भएको देखिन्छ। यो सेयर किन्न कै लागि नयाँ कम्पनी दर्ता भएको स्पष्ट हुन्छ। एनसेलको २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको नाममा छ। प्राधिकरणको स्वीकृति लिएर मात्रै सेयर बिक्री गरी वा हक हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ। किन यस्तो प्रावधान राखियो भने यो व्यवसाय अरू जस्तो होइन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org