आजको राशिफलः २०८० पुस ८ गते आइतवार
मेष: कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ।दायाँ हातमा लक्ष्मीको वास हुनाले मनग्गे आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
वृष: विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। पहिलेको सफलताले पनि थप काम गर्ने माहोल बन्नेछ। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू समेत बढ्नेछन्।अवसर खोजी गर्नुपरे पनि आज प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउन सफल भइनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
मिथुन: आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ। तापनि नयाँ कामको प्रस्ताव आउनेछ भने रचनात्मक काम गर्ने समय छ। बीचमा प्रतिस्पर्धीहरूले हात झिक्ने हुुँदा काम बन्नेछ। दोहोर्याएर प्रयास गर्नुपर्ने देखिन्छ।धेरै खर्चको माहोल देखिए पनि धैर्यले काम लिँदा फाइदा हुनेछ। तर घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा काममा केही विलम्ब हुन सक्छ।
कर्कट: आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनाले मन प्रसन्न हुनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ।
सिंह: आफ्नो उपलब्धिको वस्तुमा अरूले दाबी गर्लान्। विवादास्पद काम गर्नुपरे पनि आजको मिहिनेतले भविष्यमा लाभ दिलाउनेछ। चुनौती सहेर पनि पछिका लागि काममा जुट्नुहोला। सम्भावना देखिए पनि सोचेजति फाइदा नहुन सक्छ। ताकेको उपलब्धि प्राप्त गर्न मुस्किलै पर्नेछ। धेरै समय अरूका लागि बुद्धि खर्चनुपर्नेछ। चिताएको काम आंशिक रूपमा सम्पादन हुनेछ।
कन्या: प्रयत्न गर्दा बिस्तारै सफल भइनेछ। तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। केही समय अरूका लागि जुट्नुपर्नेछ। केही समस्या परे पनि लक्ष्यमा पुग्न कामलाई निरन्तरता दिनुहोला। नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। अवसरले पछ्याउनेछन्। परोपकारी काम गर्दै दिगो काममा जग बसाउन सकिनेछ।
तुला: आफ्नो गोपनीयता भंग हुनाले समस्यामा परिनेछ। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि व्यायाम र आहारविहारमा ध्यान पुर्याउनु।अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला। साथमा सहयोगीहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम खर्च हुनेछ।
वृश्चिक: अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। सोखले खर्च बढाए पनि भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ।परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ माहोलमा पुगिए पनि मित्रताको बन्धन कसिलो हुनेछ। कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ।
धनु: समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। चुनौती देखिए पनि प्रतिस्पर्धाको दौडमा जित हासिल हुनेछ।चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता प्राप्त हुनेछ।
मकर: समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ हुनेछ। लगनशीलताले परिस्थिति अनुकूल बन्न सक्छ।स्वास्थ्यमा हेलचेक्र्याइँ गर्दा काममा विलम्ब हुन सक्छ। अवसरले पछ्याए पनि फाइदा उठाउन निकै श्रम गर्नुपर्ने देखिन्छ। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। तापनि, बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।
कुम्भ: अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। थोरै भए पनि आज आर्जित रकमले ठूलो खाँचो टर्नेछ। बुद्धिको उपयोगले काम बन्नेछ।परिस्थितिवश काम बिग्रने डरले सताउन सक्छ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता पुनर्विचार गर्नुपर्ने हुन सक्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।
मीन: मिहिनेतले प्रतिद्वन्द्वीहरूलाई हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। नयाँ काममा जग बसाउने मौका छ।परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...