ताजा समाचार

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ ।

जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।

आज मुद्दाको किनारा लाग्ने बताइएको छ ।

सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org