ताजा समाचार

ब्राजिल फुटबल संघलाई निलम्बन गर्ने फिफाको चेतावनी

काठमाडौं । विश्व फुटबलको उच्च नियमानकारी संस्था फिफाले ब्राजिल फुटबल संघलाई निलम्बन गर्ने चेतावनी दिएको छ ।

फिफाले ब्राजिलियन फुटबल कन्फेडेरेसन सीबीएफलाई पत्र लेख्दै एडनाल्डो रोड्रिग्वेजलाई अध्यक्षबाट हटाउन चुनाव गराउने हतार गरेमा निलम्बन गर्ने चेतावनी दिएको हो ।

फिफाले ब्राजिली फुटबल संघको जनवरीमा हुने भनिएको निर्वाचनलाई लिएर राष्ट्रिय टिम र क्लबलाई अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन निलम्बन गर्न सक्ने चेतावनी दिएको  छ।

रियो दी जेनेरियोको एक अदालतले फुटबल संघको चुनावमा अनियमितताको कारण देखाउँदै रोड्रिग्ससहित सङ्घमा उनीद्वारा नियुक्त सबैलाई डिसेम्बर ७ मा पदबाट हटाएको थियो ।

यदि जनवरीसम्म पुरानै अवस्थामा नफर्किए राष्ट्रिय टोली र क्लबलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नगराउने जनाइएको छ । पछिल्लो समय ब्राजिलको अदालतको हस्तक्षेपका कारण त्यहाँको फुटबल संघ भद्रगोल अवस्थामा पुगेको छ ।

फिफाले आफ्ना सदस्य संघहरूको काममा सरकार वा तेस्रो पक्षको हस्तक्षेप स्वीकार गर्दैन र त्यसैले समस्या समाधान नभएसम्म पाँच पटकको विश्वकप विजेता ब्राजिल निलम्बनमा पर्ने खतरा हुन सक्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org