ताजा समाचार

कारको ठक्करबाट पोखरामा दुईजना पैदलयात्रुको मृत्यु

काठमाडौं । पोखरामा कारको ठक्करबाट दुईजना पैदलयात्रुको मृत्यु भएको छ ।

पोखराको बाग्लुङ बसपार्कबाट जिरो किमि जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पर्स्याङमा ठक्कर दिँदा पैदलयात्रु बाग्लुङको ढोरपाटन नगरपालिका ६ का ढालेन्द्र छन्त्याल र परिचय नखुलेका अर्का एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट घाइते भएका उनीहरूलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने कार प्रहरी नियन्त्रणमा रहेको र कार चालक भने फरार भएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org