ताजा समाचार

प्रभु बैंकका सिइओ अशोक शेरचन बाग्लुङ महोत्सवमा सम्मानित

बागलुङ । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन सम्मानित हुनु भएको छ ।

बुधबार सातौं बागलुङ महोत्सवमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मानित हुनु भएको हो ।

राष्ट्रपति पौडेलले सिइओ शेरचनलाई सम्मानपत्र प्रदान गर्नु भयो । बागलुङ नगरपालिका – ३ राधाकृष्ण टोलमा जन्मेर प्रभु बैंकलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा सफल नेतृत्व गर्नु भएको र बैकिङ क्षेत्रबाट देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएकोमा सिइओ शेरचनलाई सम्मान गरिएको सातौं बागलुङ महोत्सवका संयोजक नरेश कँडेलले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

शेरचनको नेतृत्वमा बैंकले सेवाग्राहीलाई सहज सेवा प्रदान गरेर बैंक प्रतिको जनविश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेकोले केही समयअगाडि प्रभु बैंकले ‘बैंक अफ दि इयर’ २०२३ को उपाधि समेत प्राप्त गरेको थियो। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको थियो।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org