ताजा समाचार

कन्फ्युसियस इन्स्टिच्युटले नेपाल माउन्टेन एकेडेमीमा चिनियाँ भाषा पढाउने उत्कृष्ट शिक्षक पठाउने सहमति

काठमाडौं । काठमाडौंं विश्वविद्यालय अन्तर्गतको कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक ली श्वाङ छङले कन्फ्युसियस इन्स्टिच्युटले नेपाल माउन्टेन एकेडेमीमा चिनियाँ भाषा सिकाउनका लागि उत्कृष्ट शिक्षक पठाउने सहमति भएको बताएका छन् । नेपाल माउन्टेन एकेडेमी (नेपाल संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतको सरकारी संस्था) ले आमन्त्रण गरेको कार्यक्रममा शुक्रबार उनले यसअनुसार विद्यार्थीहरूले चिनिया भाषा सिक्न र परम्परागत चिनियाँ संस्कृति अनुभव गर्न सक्ने जनाए ।

कन्फ्युसियस इन्स्टिच्युटले चीन सरकारको संस्कृति तथा पर्यटन मन्त्रालय, सम्बन्धित विश्वविद्यालयहरू, नेपालको संस्कृति तथा पर्यटन मन्त्रालय र माउन्टेन रिसर्च एकेडेमीबीच पनि सहकार्यलाई मजबुत बनाउने प्रयास गर्नेे निर्देशक लीले जनाए । उनले नेपाल माउन्टेन एकेडेमीका क्याम्पस चिफ शिवप्रसाद जैशी र एसिस्टान्ट क्याम्पस चिफ टंकप्रसाद पौडेललाई पनि चीन भ्रमणका लागि आग्रह गरे ।

नेपाल माउन्टेन एकेडेमीका क्याम्पस चिफ जैशी र एसिस्टान्ट क्याम्पस चिफ पौडेलले संयुक्त विचार राख्दै नेपाल,चीन मित्रवत् छिमेकी भएको जनाउँदै नेपाल माउन्टेन एकेडेमी सबै स्नात्तकोत्तर र स्नातक तहमा चिनियाँ भाषाको पाठ्यक्रम प्रदान गर्न अत्यन्त सकारात्मक रहेको उल्लेख गरे । उनीहरुले काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको निगमअन्तर्गत वातावरण,परिस्थिति, जलवायु र पर्वतीय उद्धारसँग सम्बन्धित प्रमुख क्षेत्रमा चिनियाँ अनुसन्धान संस्था र सम्बन्धित विश्वविद्यालयसँग सहयोगात्मक सम्बन्ध स्थापना गर्ने आशा व्यक्त गरे ।

कार्यक्रममा एकेडेमीका एसिस्टान्ट क्याम्पस चिफ पौडेलले नेपाल माउन्टेन एकेडेमीको विकास र इतिहास, हाल सञ्चालित स्नात्तकोत्तर र स्नातक तहका विद्यार्थी, व्यावसायिक तालीम कार्यक्रम, प्रतिष्ठानको अनुसन्धान उपलब्धि र वैदेशिक सहयोग परियोजनाबारे जानकारी गराएका थिए । नेपाल माउन्टेन एकेडेमीका क्याम्पस चिफ जैशीले दुई शैक्षिक संस्थाहरुबीच केही सहकार्य परियोजनाबारे छलफल गर्न शुक्रबार निर्देशक लीलाई आमन्त्रण गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org