बालकुमारी घटनामा गृहमन्त्रीको भने: मन्त्रीको गाडी घेराबन्दीको सूचनापछि गोली चल्यो
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा मन्त्रीको गाडी घेराबन्दी भएपछि गोली चलेको बताएका छन् ।
सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा गृहमन्त्री श्रेष्ठले बालकुमारी घटनामा ईपीएस कार्यालयका प्रतिनिधिको गैरजिम्मेवार प्रवृत्ति उपयुक्त नभएको बताए ।
‘मन्त्रीजीको गाडी त्यहाँ आइसकेपछि उहाँ बाहिर निस्केर सवाल जवाफमा पनि लाग्नुभएछ, धकेलाधकेल पनि भएछ’, घटनाबारे ब्रिफिङ गर्दै गृहमन्त्री श्रेष्ठले भने, ‘त्यसपछि आर्मीले मन्त्रीजीलाई पार्टी बैठक स्थलमा पुर्याएको छ ।’ उनले भौतिक योजना मन्त्रीको प्रदर्शनकारीबाट घेराबन्दीमा परेपछि फिल्ड कमान्डर त्यो दिशातिर जान खोजेको र गोली प्रहार भएको बताए । ‘त्यही क्रममा सुरक्षाकर्मीले गोली चलाएको देखिन्छ,’ उनको भनाई थियो ।
सो क्रममा अछाम र दैलेखका दुई जना युवाको मृत्यु भएको थियो । गृहमन्त्रीले सोही विषयलाई लिएर सरकारले जाँचबुझ आयोग ऐन २०२६ अनुसार आयोग गठन गरिएको जानकारी पनि समितिलाई दिएका छन् ।
Comments
अरु समाचार
-
चिसो बढेपछि गोठाला बेँसी झरे, सुनसान भयो ‘बुकीपाटन’
ढोरपाटन (बागलुङ): चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक...
-
चिकित्सकहरु भन्छन्- मधुमेहपीडितमा ‘डायबेटिक रेटिनोपेथी’को जोखिम पनि उत्तिकै
काठमाडौँ, २६ कात्तिकः अस्वस्थ्य जीवनशैलीका कारण मधुमेहपीडितको सङ्ख्या बढिरहेको छ । नसर्ने रोगमध्येको एक मधुमेहपीडितमा ‘डायबेटिक रेटिनोपेथी’को जोखिम पनि उत्तिकै...
-
चीनमा व्यायाम गरिरहेका मानिसको भीडमा एक व्यक्तिले कार गुडाउँदा ३५ जनाको मृत्यु
बेइजिङ। चीनको जुहाईमा व्यायाम गरिरहेका मानिसहरूको भीडमा एक जना व्यक्तिले कार गुडाउँदा ३५ जनाको ज्यान गएको छ । यो घटनामा...
-
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रलाई...
-
विद्युत प्राधिकरणले सबै उद्योगमा लाइन जोड्यो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सबै उद्योगहरुमा विद्युत जडान गरेको छ । प्राधिकरणको मंगलबार बसेको बोर्ड बैठकले सबै उद्योगहरुमा लाइन...
-
महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै
काठमाण्डौ।आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा खेल नेपाली समयअनुसार...
-
डेडिकेटेड र ट्रंक लाइन महसुल विवादबारेमा लाल आयोगको प्रतिवेदनमा के छ ?
काठमाण्डौ । सरकारले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादसम्बन्धमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गरेको छ...
-
तेस्रो एकदिवसीय खेलमा अफगानिस्तानले शृङ्खला जित्यो
काठमाडौं । अफगानिस्तानले बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय खेलमा पाँच विकेटको जित हात पारेको छ। अन्तिम खेलमा पाएको सफलतासँगै अफगानिस्तानले शृङ्खला २-१...
-
राउटेको जनसङ्ख्या १ सय ३५ मा झर्यो, अस्तित्व नै सङ्कटमा
सुर्खेत । राउटे समुदायको जनसङ्ख्या एक सय ३५ जनामा झरेको छ । २०७५ सालमा एक सय ४९ जना रहेको राउटेको...