प्रधानमन्त्री कप महिला प्रतियोगिताको उपाधि एपीएफलाई
काठमाडौँ, १८ पुस । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । एपीएफ क्लबले कोशी प्रदेशलाई फाइनल खेलमा ११ रनले पराजित गर्दै उपाधि जितेको हो । विजेता एपीएफ क्लबले रु पाँच लाख तथा उपविजेता कोशीले रु तीन लाख पुरस्कार प्राप्त ग¥यो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै एपीएफ क्लबले कोशी प्रदेशसामु जितका लागि एक सय १५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कोशीले २० ओभर खेल्दै चार विकेटको क्षतिमा एक सय तीन रन मात्र बनाउन सक्यो । यसअघि ब्याटिङ गर्ने क्रममा एपीएफ क्लबले सात विकेटको क्षतिमा एक सय १४ रन बनाएको थियो । एपीएफका लागि इन्दु बर्माले अद्र्धशतकीय पारी खेलिन् । उनले ४७ बल खेल्दै ५३ रनको योगदान दिइन् । सो क्रममा बर्माले छ चौका र एक छक्का प्रहार गरिन् ।
यस्तै ज्योति पाण्डेले २७ तथा रोमा थापाले १४ रन बनाइन् । बलिङतर्फ कोशीका लागि अप्सरी बेगमले ह्याट्रिक गरिन् । उनले २०औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिइन् । पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थापा तथा तेस्रो बलमा सोनु खड्काको विकेट लिइन् ।
यस्तै एलिशा खडियाले दुई तथा कप्तान रुविना क्षेत्री र निशा शाहले एक–एक विकेट लिइन् । यस्तै कोशी प्रदेशका लागि ब्याटिङ गर्ने क्रममा कप्तान रुबिना क्षेत्रीले अद्र्धशकतीय पारी खेलिन् । उनले ६२ रन बनाइन् । क्षेत्रीले ५८ बल खेल्दै एक छक्का र सात चौका प्रहार गरिन् । यस्तै काजल श्रेष्ठले २९ बलमा २२ रन बनाइन् । बलिङतर्फ एपीएफ क्लबका लागि करुणा भण्डारी र कप्तान सीता रानामगरले एक एक विकेट लिइन् ।
Comments
अरु समाचार
-
साविक उपाधि विजेता चेन्नेइलाई स्तव्ध पार्दै बेंग्लुरु आईपीएलको प्लेअफमा
काठमाडौं । चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ। गएराति...
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...