ताजा समाचार

भारतसँग भएका पछिल्ला सम्झौताबारे संसदीय समितिले प्रधानमन्त्रीसँग छलफल गर्दै

काठमाडाैँ । आज संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।

बुधबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुनेछन्।

सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच पछिल्लो समय भएका सम्झौताका विषयमा जानकारी गराउने कार्यसूची छ ।

गत शुक्रबार भारतीय विदेशमन्त्री एस. जयशंकरको नेपाल भ्रमणका क्रममा विभिन्न सहमति र सम्झौता भएका थिए । ‍भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको परियोजना सीधै समुदायमा गएर सञ्चालन गर्न सक्ने सम्झौताको विरोध भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org