केन्द्रीय क्याम्पसलाई सुन्दर बनाउँदै त्रिभुवन विश्वविद्यालय
कीर्तिपुर २५ पुस । उच्च शिक्षाको केन्द्र रहे पनि अव्यवस्थित परिसरका कारण आलोचना खेप्दै आएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसले सौन्दर्यीकरण थालेको छ । सौन्दर्यीकरणको सुरुआत ‘घडीघर’को नामबाट चिनिने मुख्य भवनको प्राङ्गणबाट गरिएको छ ।
विश्वविद्यालयका प्राचार्य प्रा डा ध्यानेन्द्रबहादुर राईका अनुसार सौन्दर्यीकरणको सुरुआत केन्द्रीय भवनअघिको जमिन मिलाउने कामबाट गरिएको छ । करिब १२ रोपनी फराकिलो सो जमिन विश्वविद्यालयकै आकर्षक थलो भए पनि जमिनको बनोट नमिलेका कारण उबड खाबड हुनुका साथै वर्षामा पानी जम्ने गर्दथ्यो । “जमिनको सतहलाई थोरै पूर्वतर्फ ओह्रालो बनाउने काम सकेपछि त्यहीँकै मौलिक झार हुर्कन दिएर बस्न हुने बनाउँछौँ, प्राविधिक योजनाअनुसार घाम नछेक्ने गरी ससाना बिरुवा रोप्ने र बस्ने बेन्च मिलाउँछौँ”, प्राचार्य राईले रासससँग भन्नुभयो । जमिन मिलाउने लगायतको काम अहिले धर्म निर्माण सेवा प्रालिले गरिरहेको जानकारी पनि उहाँले दिनुभयो ।
सौन्दर्यीकरणसहित त्रिवि अडिटोरियम हलको छाना मर्मत र प्राचार्य कार्यालयमा एक तला थप्ने काम समेत गरी तीनवटा प्याकेजको ठेक्का धर्म निर्माण सेवा प्रालिलाई दिइएको छ । कूल रु १५ लाखको कामका लागि छ महिनाको अवधि तोकिएको जानकारी पनि प्राचार्य राईले दिनुभयो । बल्खुबाट दक्षिणतर्फ कीर्तिपुरसम्म र बागमतीको पश्चिमी किनारादेख चोभारको सीमासम्म गरी कूल तीन हजार सात सय रोपनी क्षेत्रफल ओगटेको त्रिवि परिसर स्थापनाकालदेखि अहिलेसम्म पनि अव्यवस्थित छ ।
सबैतिर सीमा पर्खाल नहुनु, जथाभावी आवतजावत हुनु र परिसरमा रूखबिरुवाको व्यवस्थापन उचित नहुने जस्ता कारणले त्रिवि परिसर अव्यवस्थित देखिएको पनि प्राचार्य राई बताउनुहुन्छ । विभिन्न समयमा त्रिवि परिसरको सबैतर्फ पर्खाल लगाउनुपर्ने कुरा उठे पनि धेरै बजेट आवश्यक भएका कारण त्यतिकै सेलाएर जाने स्थिति छ । करोडौँ रुपैयाँ लाग्ने मोटामोटी अनुमान गरिए पनि यसका लागि प्राविधिक अध्ययन नभइसकेको कारण बजेट प्रस्ताव नगरिएको पनि उहाँले बताउनुभयो ।
परिसरमा आफैँ उम्रिएका झाडीहरु समयमै फाँड्न नसक्दा चितुवाको लुक्ने स्थान र परिसरमा आएर गाँजा खानेहरुको थलो बन्ने जस्तो समस्या पनि त्रिविले भोग्दै आएको छ । गत वर्ष मात्र दुईपटक चितुवा नियन्त्रणमा लिएर वनजन्तुसम्बद्ध निकायलाई हस्तान्तरण गरिएको छ । यसै गरी बेवारिसे छाडिएका गोरुहरु त्रिवि परिसरभित्र दुर्घटना तथा चितुवा पल्काउने प्रमुख कारण बन्न पुगेका छन् ।
यस्ता समस्यालाई निराकरण गर्न झाडी फाँड्न सुुरु गरिए पनि ठूलो क्षेत्र भएका कारण काम नसकिएको पनि प्राचार्य राई बताउनुहुन्छ । लामो समयदेखि व्यवस्थित क्याप्टेरिया नहुनुको अप्ठ्यारो पनि त्रिविले व्यहोर्दै आएको छ । त्यसको समाधानका लागि क्याप्टेरिया निर्माणतर्फ पनि त्रिवि लागिपरेको जानकारी प्राचार्य राईले दिनुभयो । यसका लागि पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा रहेको त्रिविको आधिकारिक परामर्शदातृ विभाग अध्ययन गरिरहेको र प्रतिवेदन दिन बाँकी रहेको पनि उहाँले बताउनुभयो ।
विसं २०२७ मा तत्कालीन युवराज वीरेन्द्रले उद्घाटन गरेको क्याप्टेरियामा विद्यार्थीलाई प्रतिछाक रु तीनमा खान खुवाउने गरिन्थ्यो । चरम घाटामा गएको र प्रयास गर्दा पनि नसुध्रिएको भन्दै २०४८ सालमा तत्कालीन उपकुलपति केदारभक्त माथेमाले क्याप्टेरिया बन्द गराउनुभयो । उक्त भवनमा अहिले निजी स्तरमा दुईवटा चिया खाजा पसल चलिरहेका छन् ।
“कोही प्रतिष्ठित अतिथि विश्वविद्यालय भ्रमणमा आएका बेला गुणस्तरीय र सुरक्षित ढङ्गले भोजन गराउने अवस्था नभएका कारण क्याप्टेरिया निर्माणको तयारी गरेका हौँ”, उहाँले भन्नुभयो । विश्वविद्यालय परिसरको मुख्य स्थानमा सिसिटीभी क्यामेरा जडानको तयारी पनि प्राचार्य कार्यालयले थालेको छ । यसको परामर्शदाताका रुपमा त्रिविअन्तर्गतको आङ्गिक क्याम्पस पुल्चोकले काम गर्ने जनाइएको छ । सार्वजनिक शौचालय र पाँच सय जना अट्ने छात्रवासको निर्माण गर्ने योजना पनि त्रिविको छ ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












