ताजा समाचार

परराष्ट्र सचिव लम्साल युगाण्डा प्रस्थान

काठमाडाैँ । असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल युगाण्डाको राजधानी कम्पाला जानुभएको छ ।

सचिव लम्साल र सहसचिव अमृतबहादुर राईको टोली गएराति सवा २ बजे कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ मा दोहा हुँदै त्यसतर्फ प्रस्थान गरेको हो ।

असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलन जनवरी १९ र २० का दिन कम्पालामा हुँदैछ । सोही सिलसिलामा भोलि र पर्सि हुने उच्चस्तरीय बैठकमा भाग लिन सचिव लम्साल नेतृत्वको टोली त्यहाँ गएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  माघ ४ गतेदेखि ६ गतेसम्म हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा सहभागी हुन माघ ४ गते कम्पाला जाने कार्यक्रम तय भएको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org