सरकार कमजोर हुँदा बाह्य चलखेल र हस्तक्षेप बढ्याे: महासचिव पाेखरेल
काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पाेखरेल राज्य र सरकार कमजोर हुँदा बाह्य चलखेल र हस्तक्षेप बढेकाे बताएका छन्।
दाङकाे तुलसीपुरमा प्रेस चाैतारी, दाङले आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रमलाई सम्बाेधन गर्दै युद्धस्थलका रूपमा नेपाल प्रयोग हुने खतरा बढेकाे टिप्पणी गरे।
‘एसियाभित्र द्वन्द्व सिर्जना गर्ने र दुई ठूला राज्य लडाउने भूमि नेपाल बन्ने खतरा छ’, उनले भने, ‘नेपालमा बलियो राष्ट्रिय शक्ति बन्न नदिने। यसको गोटी वर्तमान सरकार बन्यो।’
वर्तमान सरकार विकास र समृद्धिका दृष्टिले इतिहासकै असफल सरकारकाे रूपमा परिणाम भएको दावी गरे।
‘राज्यको गलत नीतिले मुलुक असफल बन्दै छ। तस्करी बढ्यो। मौद्रिक तरलता उत्पन्न छ। व्यवसाय धरापमा छन्। लगानीको वातावरण छैन’, उनले भने, ‘याे सरकारको गलत नीतिको प्रभाव हाे। प्रधानमन्त्रीका विदेश भ्रमणको उपलब्धी शून्य छ। नेपालका हीतविपरीतका कार्य भए। मुलुकका ठूला सम्भावना बोकेका जलविद्युत आयोजना भारतलाई जिम्मा लगाउने काम भयो।’
नेपालले निर्माण गर्न सक्ने कम लगानीका आयोजना भारतलाई हस्तान्तरण गरेर देशकाे हितविपरीत काम भएको दावी महासचिव पाेखरेलकाे छ।
‘भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा रहँदाका भएका सहमति मुलुकको हीतविपरीत छन्। भारतीय राजदूतावासले २० करोडसम्मको बजेट आफैं खर्च गर्न पाउने भन्ने सहमति हीत विपरीत हाे। यसो हुँदा स्थानीय तह दूतावासप्रति उदार बन्छ, जो मुलुकको हीतको पक्षमा हुँदैन’, उनले भने, ‘विदेशी सहायता मुलुकका लागि आवश्यक छ तर, नेपालको बजेटको सिष्टमबाट सहायता भित्रिनुपर्छ।’
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












