ताजा समाचार

वायु सेनाकी सेकेन्ड लेफ्टिनेन्ट मार्स बनिन् मिस अमेरिका

काठमाडाैँ । अमेरिकी सेनाकी सेकेन्ड लेफ्टिनेन्ट म्याडिसन मार्स मिस अमेरिका २०२४ को विजेता बनेकी छन्।

आइतबार राति फ्लोरिडामा भएको स्पर्धामा उनले सो उपाधि हात पारेकी हुन्।

मार्स हार्वर्ड केनेडी स्कुलमा पब्लिक पोलिसी विषयकी विद्यार्थी पनि हुन्। सो उपाधि जित्ने वायु सेनामा सेवारत पहिलो व्यक्ति पनि हुन् उनी। स्पर्धामा अमेरिकाका ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियागरी ५१ जना सहभागी थिए।

मार्स मिस कोलोराडो हुन्। उनले आफूलाई विमान उडाउन, पास्ता पकाउन र पढ्न मनपर्ने बताएकी छन्। अमेरिकी वायु सेनाले उनलाई बधाई दिएको छ।

यसअघि सो ताज विस्कन्सिनकी ग्रेस स्टेन्कको शिरमा थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org