ताजा समाचार

निर्दोष प्यालेस्टाइनीलाई लक्षित गरी इजरायलले आक्रमण गरेको आरोप

गाजा । इजरायलको नियन्त्रणमा रहेको वेष्ट बैंकका अधिकारीहरुले इजरायलले निर्दोष प्यालेस्टाइनी नागरिकहरुलाई लक्षित गरी आक्रमण गरिरहेको आरोप लगाएका छन् ।

सशस्त्र समूहहरूसँग कुनै सम्बन्ध नभएका प्यालेस्टाइनी नागरिकहरूको समूहलाई लक्षित गरेर आक्रमण गर्नु इजरायलको गल्ती भएको उनीहरुले बताएका छन् । उनीहरुका कारण इजरायली सेनालाई कुनै खतरा नभएको भन्दै वेष्ट बैंकले इजरायलको आक्रमणको विरोध गरेको बीबीसीले जनाएको छ । यसअघि जनवरी ७ तारिखमा इजरायलको एउटा गाउँमा एकै घरमा चारजना दाजुभाईसहित सात जनाको आक्रमणका क्रममा ज्यान गएको थियो।

इजरायलले उनीहरु विद्रोही समूह रहेको दाबी गर्दै आएको छ । तर वेष्ट बैंकले मारिनेमा कृषि क्षेत्रमा काम गर्ने श्रमिक रहेको भन्दै इजरायलविरुद्ध विभिन्न प्रमाणहरु देखाइरहेको खबरमा उल्लेख छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org