ताजा समाचार

नेपालमा आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन हुन्छः मन्त्री बस्नेत

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने बताएका छन् ।

बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को २४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एउटा विशेष र महत्वपूर्ण अवसर बन्ने दाबी गरेका हुन् । उनले निजी क्षेत्र र सरकारको इच्छाशक्तिले आगामी १२ वर्षभित्र २८ हजार मेगावाट बढी विद्युत् उत्पादन गर्न सक्ने बताए ।

मन्त्री बस्नेतले सरकार आगामी १२ वर्षमा २८ हजार मेगावाट बढी विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार अघि बढेको बताए । उनले पछिल्लो डेढ वर्षको अवधिमा १ हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादनको अवस्था सिर्जना भइरहेको बताए ।

मन्त्री बस्नेतले लगानीमैत्री वातावरण सिर्जना गरेर अघि बढ्न सके ऊर्जा क्षेत्रका समस्या समाधान हुने बताए । लगानीकर्तालाई थप लगानीका लागि सहज वातावरण बनाउनेतर्फ सरकार अग्रसर रहेको उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org