अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा आज
काठमाडौँ । भारतको अयोध्यामा आज नयाँ मन्दिरमा भगवान् रामको अभिषेक गरिने भएको छ ।
समारोहमा सहभागी हुन भारत र विदेशबाट धेरै पाहुनाहरू आएका छन्। यसमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश-नीता अम्बानी, गौतम अडानी, अमिताभ बच्चन, रजनीकान्त सामेल छन्।
प्रधानमन्त्री नरेन्द्र मोदी बिहान १० बजेर २० मिनेटमा अयोध्या पुग्नेछन् । बिहान मंगल ध्वनिबाट कार्यक्रमको सुरुवात हुनेछ । बिहान १० बजेदेखि विभिन्न राज्यका ५० भन्दा बढी वाद्य यन्त्रहरूले ध्वनि तरङ्गहरू फैलाउनेछन्।
रामको मूर्तिको प्राण-प्रतिष्ठाको ऐतिहासिक अनुष्ठान दिउँसो १२ः२० बजे प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगी आदित्यनाथ, सन्त समाज र भीभीआईपी व्यक्तिहरूको उपस्थितिमा हुनेछ। प्राण-प्रतिष्ठाका लागि ८४ सेकेन्डको अति सूक्ष्म मुहूर्त हुनेछ। काशीका ज्योतिषी पण्डित गणेशवर शास्त्री द्विदले रोजेको मुहूर्तमा रामलला स्थापना हुनेछ ।
यस अवसरमा पूरै अयोध्या सहरलाई हजारौँ क्विन्टल फूलले सजाइएको छ। भव्य राम मन्दिरलाई ३ हजार किलो फूलले सजाइएको छ । अभिषेकपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिर निर्माण गर्ने मजदुरहरूसँग भेट गर्नेछन्। कुबेरटिलामा गएर उनले भगवान् शिवको पूजा गर्ने कार्यक्रम पनि रहेको छ । साँझ दीप प्रज्वलन गरी देशभर फेरि दीपावली मनाइँदैछ ।
Comments
अरु समाचार
-
छाला नपाउँदा मादल बनाउन समस्या, पेशा संकटमा
दमौली (तनहुँ): तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै हुनुहुन्थ्यो । मादल बनाउने...
-
दार्चुला दुर्घटना अपडेटः सात जनाको ज्यान गयो, छ जना गम्भीर
खलङ्गा (दार्चुला), ३० कात्तिकः दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर...
-
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी...
-
दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
बैतडी: दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्युु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप...
-
पशुपति गौशाला धर्मशालामा मोहियानी हक लाग्दैन : काठमाडौँ जिल्ला अदालत
काठमाडौँ: काठमाडौँ जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकास कोष स्वामित्वको पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा...
-
कमलदह मेलामा कुस्तीको ‘क्रेज’
सिरहा: सिरहाको मिर्चैया नगरपालिका–९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीयस्थल कमलदहमा हरिबोधनी एकादशीको अवसरमा लाग्दै आएको ‘कमलदह धार्मिक हरिबोधनी एकादशी...
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ: नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर...
-
नेपाली यु–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट
काठमाडौँ : नेपाली यु–१९ महिला क्रिकेट टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स...
-
चिसो बढेपछि गोठाला बेँसी झरे, सुनसान भयो ‘बुकीपाटन’
ढोरपाटन (बागलुङ): चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक...