ताजा समाचार

बैंकमा चेक जम्मा भएको हो, पैसा आएको छैन: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो बैंक खातामा पैसा जम्मा नभएको बताएका छन् ।

कम्पनीको सेयर मिलान गर्न व्यवस्थापनले आफ्नो नाममा पैसा जम्मा गर्न चेक बैंकलाई दिएको भए पनि खातामा पैसा नआएको उनले बताए ।

सोमबार पत्रकार सम्मेलन गरी उनले यो किर्ते भएको बताए । “मेरो खातामा चेक जम्मा गर्न भौचर भरियो । तर, त्यो चेक मेरो खातामा जम्मा भएन फिर्ता गयो,” उनले भने, “केही कारणले पैसा जम्मा भएन होला । तर, डिपोजिट गरेको सिलिप बैंकले दिएको हुन सक्छ ।”

त्यस्तै, रास्वपाका प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहले पनि बैंकले स्पष्ट पारेर पत्र दिएको बताए । बैंकिङ क्षेत्रमा चेक डिपोजिट गर्दा र पैसा जम्मा गर्दा फरक पर्ने बताए । पैसा खातामा नभए पनि चेक रिसिप गर्न भौचर गरिने र त्यसमा जम्मा गर्ने बैंकको सम्पूर्ण विवरण आउने उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org