ओलीले प्रधानमन्त्री प्रचण्डलाई भने- मध्यपहाडका समस्या दराजमा नथन्कियोस्
काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेरै ध्यानाकर्षण गराएका छन्।
प्रमुख प्रतिपक्षी दल एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा गरेको थियो।
त्यसक्रममा देखिएका समस्या एकीकृत गरेर समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको उपाध्यक्ष विष्णु पौडेलले बताए।
‘हामीले मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा गर्यौं। त्यस भेगको समस्या पहिचानका लागि महत्त्वपूर्ण बन्यो,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै पौडेलले भने, ‘हामीले त्यहाँको समस्या केन्द्रीकृत गरेर ध्यानाकर्षण गराएका छौं, यी समस्याहरू दराजमा नथन्कियुन्, कार्यान्वयन तहमा जाऊन्।’
जवाफमा प्रधानमन्त्री प्रचण्डले मध्यपहाडी क्षेत्रका विद्यामान समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएको पौडेलले जानकारी दिए। प्रधानमन्त्रीले सम्बोधन गर्न सकिने विषय सरकारको नीति, कार्यक्रम र बजेटमै समावेश गरेर लैजाने प्रतिबद्धता व्यक्त गरेको पौडेलले बताए।
पौडेलका अनुसार ध्यानाकर्षण पत्रमा मध्यपहाडी लोकमार्गको अवस्थिति परिवर्तन गरिनुपर्ने विषय समेटिएका छन्। सिँञ्चाइ सुविधा नभएका कारण खेतीयोग्य जमिन बाँझो भएको, अस्पताल नहुँदा नागरिकले सास्ती पाएका विषय पनि समेटिएका छन्।
संकल्प यात्राका क्रममा आएका जन गुनासालाई वर्गीकरण गरेर, कुन–कुन निकायसँग सम्बन्धित छन् भनेर छुट्टयाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। एमालेले माघ मसान्तदेखि गठबन्धन सरकारविरूद्ध आन्दोलनको तयारी गरिरहेको छ।
सुरूआती चरणमा सातै प्रदेशमा विरोध सभा आयोजना गर्न लागेको एमालेले अहिले संकल्प यात्राका क्रममा प्राप्त समस्या सम्बोधनका लागि मात्रै ध्यानाकर्षण गराउन लागिएको बताए। ‘आन्दोलनका लागि आन्तरिक तयारी भइरहेको छ, अहिलको ज्ञापन पत्र संकल्प यात्राका क्रममा उठेका विषयसँग मात्रै सम्बन्धित हो,’ ज्ञवालीले भने।
एमालेले माघ १५ गतेभित्र सचिवालय बैठक र माघ मसान्तभित्र केन्द्रीय कमिटीको बैठक राखेर आन्दोलनको कार्ययोजना बनाउने तयारी गरेको छ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












