ताजा समाचार

६५ युक्रेनी युद्धबन्दी बोकेको रुसी विमान दुर्घटना, ७४ जनाको मृत्यु

किएभ । युक्रेनसँगको सीमामा रहेको दक्षिणी बेल्गोरोड क्षेत्रमा रुसी सेनाको विमान दुर्घटना भएको छ। रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रिपोर्टहरूका अनुसार इलुसिन(७६ नामको यो सैन्य विमानमा सवार ७४ जनाको मृत्यु भएको छ।

स्टिभ रोजेनबर्गले विमानमा ६५ जना युक्रेनी युद्धबन्दी रहेको र उनीहरुलाई आदानप्रदानका लागि लगिएको बीबीसीले जनाएको छ। उक्त विमानमा ६ जना चालक दलका सदस्य र तीन सहायक पनि थिए।

सामाजिक सञ्जालमा शेयर भइरहेको भिडियोमा विमान एक्कासी तल झरेर विस्फोट भएको देखिन्छ। रुसी रक्षा मन्त्रालयले ‘इल–७६’ सैन्य विमानले ६५ युक्रेनी युद्धबन्दी बोकेर युक्रेनसँग आदानप्रदानका लागि लगिएको पुष्टि गरेको छ।

बेल्गोरोभ प्रान्तीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले पनि आफ्नो टेलिग्राम च्यानलमा सोरोचान्स्की जिल्लामा घटना भएको बताए। स्थानीय च्यानल ब्लेटगोरोभले एक भिडियो पोस्ट गरेको छ, जसमा अचानक एउटा विमान तल झरेर जमिनमा ठोक्किएको र त्यसपछि आगो लागेको देखिन्छ।

विमानमा तीनवटा मिसाइल प्रहार भएको रुसको दाबी

रुसी संसदका सदस्य तथा सेवानिवृत्त जनरल आन्द्रेई कार्तपोलोभले दुर्घटनाग्रस्त विमानमा तीनवटा मिसाइल प्रहार भएको दाबी गरेका छन्। उनले यी क्षेप्यास्त्रहरू पश्चिमी देशहरूले युक्रेनलाई दिएजस्तै भएको दाबी गरेका छन्।

कार्तपोलोभले आफूले यो जानकारी कहाँबाट पाएको बताएनन्, न त उनले आफ्नो दाबीलाई समर्थन गर्ने कुनै प्रमाण प्रदान गरे। ती ‘प्याट्रियट’ मिसाइल हुन् वा ‘आइरिस–टी’ हुन् भन्ने कुरा अनुसन्धानपछि मात्र थाहा हुने उनले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org