बालकुमारी घटना: मन्त्री ज्वालालाई बयानका लागि बोलाइयो
काठमाडौं । गत पुस १३ गते ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनाका सन्दर्भमा बयान दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाइएको छ।
बालकुमारी घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मन्त्री ज्वालालाई बयानका लागि बोलाएको हो।
आयोगका १ जना सदस्यले मन्त्री ज्वालाई बयानका लागि उपस्थित हुन भनेर पत्र काटिएको जानकारी दिए। घटना भएको दिन घटना क्षेत्रमा किन गएको तथा उक्त क्षेत्रमा के–के भएको थियो भन्नेबारे प्रश्न सोध्न मन्त्री ज्वालालाई बोलाइएको ती सदस्यले जानकारी दिए।
‘मन्त्रिपरिषद्मा जानकारी गराएर उहाँलाई पत्र पठाएका छौँ। उहाँले बयानका लागि आउने भनेर जानकारी पनि गराउनु भएको छ,’ आयोगका ती सदस्यले भने।
मन्त्री ज्वालाले माघ १७ मा आयोगमा गएर आफ्ना कुरा राख्ने आयोगलाई जानकारी गराएका छन्। पुस १३ मा बालकुमारीमा प्रहरीको ‘घातक’ बल प्रयोगबाट वैदेशिक रोजगारीमा जान चाहने अछामका वीरेन्द्र शाह र दैलेख घर भएका सुजन रावतले ज्यान गुमाएका थिए।
वैदेशिक रोजगारीका लागि कोरिया जानेका सन्दर्भमा तय भएका कतिपय प्रावधानको विरोधमा युवाहरुले बालकुमारीमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा मन्त्री ज्वाला झण्डावाल गाडीमा उक्त क्षेत्रमा पुगेका थिए।
मन्त्री ज्वाला घटनास्थलमा पुगेपछि आक्रोशित युवाहरुले प्रदर्शन थप चर्काएका थिए। जसक्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली समेत चलाएको थियो। यस्तै, प्रदर्शनकारीले मन्त्रीको गाडी नै जलाइदिएका थिए।
प्रहरीको बल प्रयोगबाट अछामका शाह र दैलेखका रावतको ज्यान गएको थियो। उक्त घटनापछि सरकारले पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो। आयोगमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अरुण बिसी र सहसचिव नारायणप्रसाद भट्टराई सदस्य छन्।
जाँचबुझ आयोगले अहिलेसम्म ३१ जनाको बयान लिएको बताइएको छ। आयोगले ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी वरिष्ठ उपरिक्षक सिद्धिविक्रम शाहसहित ३१ जनासँग बयान लिएको हो।
जाँचबुझ आयोगले गरेको छानबिनबाट बालकुमारी घटनाका दिन प्रहरीले घटनास्थलमा सेल्फ लोडिङ्ग राइफल (एसएलआर)बाट ३० राउन्ड गोली चलाएको देखिएको छ। यस्तै, घटनास्थलमा २१ राउन्ड रबर बुलेट प्रहार गरिएको देखिएको आयोग स्रोतले जनाएको छ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












