ताजा समाचार

अन्तर्राष्ट्रिय विमानस्थल पिपिपी मोडलमा सञ्चालन गर्न अध्ययन समिति गठन

काठमाडौं । सरकारले काठमाडौं, पोखरा, भैरहवा र पूर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्त सहित सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चलान गर्नेबारे अध्ययन समिति गठन गरेको छ।

बिहीबार बसेको मन्त्रीपरिषद बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समिति गठन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गरेको हो। विमानस्थलबारे अध्ययनका लागि पूर्वसचिव संकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, हवाई महाशाखा प्रमुख बुद्धीसागर लामिछाने, लगानीबोर्डका सह सचिव र सदस्य सचिव रहने गरी नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दिपेन्द्र श्रेष्ठ रहेको ५ सदस्य समिति गठन गरेको छ ।

त्यस्तै, वायुसेवा निगम करार व्यवस्थापनका लागि पूर्व योजना आयोगको उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा, व्यवस्थापन विज्ञ टिकराम राई, पर्यटन विभागका महानिर्देशक अर्थ मन्त्रालयको प्रतिनिधि र वायुसेवा निगम अर्थ विभाग प्रमुख सदस्य रहने गरी ५ जनाको समिति तयार गरिएको छ।

समितिलाई ४५ दिनको समय अवधि दिइएको छ। यससँगै तत्काल भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाले जग्गा उपलब्ध गराउनुपर्ने र भत्किएको संरचना नागरिक उड्डयन प्राधिकरणले निर्माण गर्ने, घोडा नयाँ व्रिडिङ सेन्टरका लागि नेपाली सेनालाई शत्तीखोरमा जग्गा उपलब्ध गराउने र खर्च हुने सम्भावित रकम सरकारले व्यवस्था गर्ने निर्णय गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org