ताजा समाचार

यू–१९ विश्वकप क्रिकेट: भारतविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । यू–१९ विश्वकप २०२४ को सुपर सिक्स अन्तरगत भारत सँगको दोस्रो खेलमा नेपालले टस हारेर पहिला फिल्डीङको निम्ता पाएको छ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

नेपालले १ः४५ पछि सुरु हुने खेलमा नेपालले टस हार्दै पहिला फिल्डिङ गर्ने निम्तो पााएको छ । नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो ।

नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि नेटरनरेटको कारण सेमिफाइनल खेल्ने देखिन्छ । नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org