‘धरहरामा पार्किङ बन्द गर्नू’ भन्दै पत्र आएपछि मेयर शाह आक्रोशित
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाले धरहरामा पार्किङ बन्द गर्नु भन्दै आएको पत्रप्रति आक्रोश व्यक्त गरेका छन्।
सडकबाट पार्किङ हटाएर धरहराको भुँइतलामा पार्किङ नि:शुल्क गरेको महानगरलाई धरहराबाट निर्माण चलिरहेकाले पार्किङ बन्द गर्नु भन्दै पत्र आएको थियो। त्यसपछि सोमबार बिहानै सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले त्यसप्रति उनले आपत्ति जनाएका छन्।
‘उद्घाटन भएकै दुई वर्ष ९ महिना पुगिसक्दासमेत सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ–धरहरा निर्माण हुँदैछ। पार्किङ बन्द गर्नू। यस्तो पत्र लेख्नुको औचित्य के हो?’ मेयर शाहले प्रश्न गरेका छन्।
साथै उनले तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउन आह्वान पनि गरेका छन्।
‘संघीय र प्रदेश संसद् तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ। निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौं’, उनले भनेका छन्।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












