ताजा समाचार

गोकुल बास्कोटाको टिप्पणीः योभन्दा नालायक सरकार इतिहासमा थिएन

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले वर्तमान सरकारलाई नालायक भएको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा उनले काभ्रे जिल्लाका किसानले दूध बेचेको पैसा कहिले पाउँछन् भन्दै प्रश्न गरे । शून्य समयमा बोलेको कुरा सरकारले नसुनेको भन्दै आपत्ति व्यक्त गरे ।

“काभ्रे जिल्लाका किसानले दूध बेचेको पैसा कहिले पाउँछन् । प्रधानमन्त्रीको भनाइ राज्य आइसक्यो भन्ने छ । यही हो राम राज्य ?,” उनको प्रश्न छ, “योभन्दा नालायक, गतिहीन, जवाफदेहिताविहीन इतिहासमा कहिल्यै थिएन । जसको न कान छ न आँखा छ, कहिले सुन्छ सरकारले ?”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org