ताजा समाचार

नेपालको छैटौँ विकेट पतन, आरिफ शेख पनि आउट

काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले आरिफ सेखलाई छैटौँ विकेटको रूपमा गुमाएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले आरिफलाई ३८.५ ओभरमा गुमाएको हो । आरिफले नेपाली टिमको स्कोरबोर्डमा ३८ रन जोडे ।

नेपालले जारी खेलको ३९ ओभर समाप्त हुँदा ६ विकेट गुमाएर १७४ रन बनाएको छ ।

त्यसअघि नेपालले आसिफ सेख र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत समान आठ रनमा गुमाउँदा ओपनर कुशल भुर्तेल ६२ रन बनाएर आउट भएका थियो । यस्तै, भीम सार्कीले आउट हुनुअघि १७ र कुशल मल्लले २० रन जोडे ।

यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । आजको खेलपछि नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org