ताजा समाचार

सिंगटी हाईड्रोकाे १४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडकाे १४औं वार्षिक साधारण सभा सम्पन्र भएकाे छ ।

साधारण सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती, हकप्रद जारी गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिएकाे प्रवन्ध सञ्चालक सुदिप खड्काले न्युज नेपाललार्इ जानकारी दिए ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा माघ १७ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् । यस कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले बुक क्लोज पुस २२ गतेनै गरिसकेको छ ।

हकप्रद शेयर निष्कासका लागि कम्पनीले गरेको बुक क्लोजको आधारमा पुस १९ गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको शतप्रतिशत हकप्रद शेयर खरीद गर्न सक्नेछन् ।

कम्पनीले हाल कायम चुक्तापूँजी १ करोड ४५ लाख रूपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा
बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ९० करोड रूपैयाँ कायम हुनेछ उक्त हकप्रद शेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ११ गते स्वीकृति पाएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org