इजरायलले राफाहमा आक्रमण बढाए अथाह संकट हुने डब्ल्यूएचओको चेतावनी
गाजा । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले बुधबार दक्षिणी गाजा पट्टीको सहर रफाहमा इजरायली भूमि आक्रमणको सम्भावित विस्तारले निम्त्याउन सक्ने अथाह सङ्कटकोे चेतावनी दिएको छ ।
राफाहबाट भर्चुअल प्रेस ब्रीफिङमा बोल्दै, कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रका डब्ल्यूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले सहरमा जम्मा भएका १।५ मिलियन मानिसहरु सुरक्षित नभएको तथा विस्थापनको नयाँ लहरले थप घाइते भएको बताउनु भएको छ ।
यसले मानिसहरूको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याई स्वास्थ्य प्रणालीलाई पतनको संघारमा धकेल्ने, पिपरकर्नले बताउनु भयो । रफाहमा केवल तीनवटा आंशिक रूपमा कार्यरत अस्पतालहरूले वास्तविक आवश्यकताको तुलनामा केवल चार सय ५० सैया सहित सेवा प्रदान गर्ने गरेको डब्ल्यूएचओ प्रतिनिधिले बताएका छन् ।
रेडक्रसको अन्तर्राष्ट्रिय समितिले बुधबार रफाको विनाशकारी अवस्थाबारे यस्तै टिप्पणी गरेको थियो । खाना, पिउने पानी, सरसफाई, स्वास्थ्य सेवा र सुरक्षाको समेत अभाव रहेको रेडक्रसले जनाएको छ । निरन्तर तनाव र डरले चोटपटक, उमेर र अशक्तता लगायतका धेरै बासिन्दाहरू कमजोर अवस्थामा छन् । सामान्य सङ्क्रमण तथा रोगबाट मृत्यु हुने जोखिम बढेको मानवतावादी सङ्गठनले जनाएका छन् ।
नोभेम्बरदेखि फेब्रवरी नौ सम्म, डब्ल्यूएचओका लगभग ४० प्रतिशत मिसनहरू उत्तरी गाजामा पुगेका छन् । जस मध्ये ४५ प्रतिशत दक्षिणमा सहज बनाइएका छन भने बाँकी अस्वीकार गरि स्थगित गरिएको पिपरकर्नले उल्लेख गर्नु भयो । स्वास्थ्य एजेन्सीले तत्काल युद्धविराममा पुग्न नसके पनि महत्वपूर्ण सहायता प्रदान गर्न निरन्तर मानवीय सहयोगका प्रक्रयाहरु कोरिडोरहरू जारी राख्न आह्वान गरेको छ ।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...