नेपाल मलेसियासँग ४ विकेटले पराजित, एसिया कप खेल्ने सपना समाप्त
काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भएको छ ।
पराजित भएसँगै नेपालको एसिया कप खेल्ने सपना समाप्त भएको छ । जितको लागि ११६ रनको बलियो विजयी लक्ष्य पछ्याएको मलेसियाले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा एल्सा हन्टरले ५३ बलमा ६ चौकासहित ६९ रनको अविजित इनिङ खेल्दै टोलीलाई जिताइन् ।
मलेसियालाई अन्तिम ६ बलमा ११ रन जितको लागि चाहिएको थियो । पहिलो बलमा हन्टरले कविता कुँवरलाई चौका प्रहार गरेपछि बाँकी ५ बलमा ७ रन चाहिएको थियो । दोस्रो बल अफ साइडमा डट राखिन् । तेस्रो बलमा चौका हानेपछि तीन बलमा तीन रन चाहिएको थियो । चौथो बलमा स्टेटमा दुई रन प्रहार गरिन् ।
पाँचौं बलमा एक रन बटुल्दै रोमान्चक जितका साथ फाइनल र एसिया कपमा मलेसियालाई पुर्याइन् । मास एलिसा १३, महिराह इजाती १६ र वान जुलिया ११ रनमा आउट भइन् ।
नेपालको सीता रानामगरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्रीले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिइन् । कविता जोशीले २ र कविता कुँवरले १ विकेट लिइन् ।
त्यसअघि बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाएकी थिइन् । फिनिसर डली भट्टले राम्रो अन्त्य गर्दै १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको महत्वपूर्ण इनिङ खेलेकी थिइन् ।
ओपनर सीता रानामगरलाई ६ रनमा आउट भएकी थिइन् । दोस्रो विकेटका लागि इन्दु र कविताले ३५ रनको साझेदारी गरे । कविता ३१ बलमा २ चौकासहित २३ रन रन आउट हुन पुगेकी थिइन् । रुविना १८ बलमा २ चौकासहित २० रनमा आउट भइन् ।
मलेसियाकी महिराह इजाती इस्मालीले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन् । पहिलो सेमिफाइन खेलमा थाइल्यान्डलाई ४ रनले हराउँदै युएई फाइनलमा पुग्नुको साथै एसिया कपमा पनि छनोट भइसकेको छ । मलेसिया र युएईबिचको फाइनल खेल आगामी आइतबार हुनेछ तालिका रहेको छ ।
Comments
अरु समाचार
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । अरुण जेटली स्टेडियममा भएको खेलमा...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...