कांग्रेस महासमिति बैठकमा प्रस्तुत पाँच प्रतिवेदन माथि आज छलफल
पाटन (ललितपुर) । सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा हिजो मंगलवार पाँच वटा प्रतिवेदन पेस भएका छन् । बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गर्नुभएको थियो ।
त्यसैगरी महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन गर्नुभएको हो ।
उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताउनुभयो । जिम्मेवार नेपाली कांग्रेस ः समुुन्नत देश नारा दिएर नेपाली कांग्रेसको राजनीतिक नीतिलाई अघि बढाइएको उपसभापति खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“मुलुकका विभिन्न युगान्तकारी परिवर्तनमा कांग्रेसको सन्तुलित समन्वयकारी र सर्वस्वीकार्य राजनीतिक नेतृत्व भूमिका विचार र नीति निर्णायक रहँदै आएको छ ।”
महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव पेश गर्नुहुँदै पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने र सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पार्टीले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाइ जनतालाई निरन्तर तीनका मुद्दासँग जोडिएको अनुभुत गराउनेछौँ । अवसर पाएको बेला अब्बल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउनेछौँ ।” महामन्त्री थापाले एक विशिष्ट परिस्थितिमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकारको जिम्मेवारी बहन गर्नुपरेको उल्लेख गर्नुभयो । उहाँले आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्न सक्ने गरी सङ्गठनलाई बलियो बनाउने बताउनुभयो ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले सङ्घर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधानबाट नै सबै चुनौतीको हल गर्दै मुलुकलाई समुन्नतिको उचाइमा पु¥याउने भरपर्दो माध्यम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट भएको बताउनुभयो । उहाँले एकल बहुमत कसैको नभएको संसद्मा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभारा कांग्रेसको रहेको बताउनुभएको छ ।
पार्टी प्रवक्ता महतले लोकतान्त्रिक समाजवादको आर्दशलाई कांग्रेसले आत्मासात् गर्ने बताउनुभयो । उहाँले आर्थिक वृद्धि र न्यायोचित वितरण, उपत्पादन वृद्धि र रोजगारी सृजना तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्ने नीतिको पक्षमा कांग्रेस अडिग रहेको जानकारी दिनुभयो । उहाँले अर्थतन्त्रलाई गतिशील बनाउन पहल भइरहेको बताउनुभयो ।
त्यसैगरी लेखा समिति संयोजक श्याम घिमिरेले कांग्रेसको मुख्य आम्दानी सदस्यता लेभी, नवीकरण, शुल्क रहेको जनाउनुभएको छ । कांग्रेसले आफ्नो रकम निर्वाचन, अधिवेशन, कार्यालय सञ्चालन, भ्रातृ सङ्गठन, ह्रास तथा अपलेखनमा खर्च हुने गरेको पनि लेखा समिति संयोजक घिमिरेले प्रतिवेदनमार्फत जानकारी गराउनुभएको छ ।
महासमिति बैठकमा हिजो पेस गरिएका प्रतिवेदनमा आजदेखि छलफल हुनेछ । बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।
Comments
अरु समाचार
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
साविक उपाधि विजेता चेन्नेइलाई स्तव्ध पार्दै बेंग्लुरु आईपीएलको प्लेअफमा
काठमाडौं । चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ। गएराति...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
तातो हावाको लहर चल्दा तराई-मधेशमा जनजीवन कष्टकर
काठमाडौं । आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...
-
आजको राशिफल: २०८१ जेठ ६ गते आइतवार
मेष वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्।...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...