ताजा समाचार

विश्वकप लिग-२: नेदरल्यान्ड्स विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत आफ्नो पहिलो घरेलु सिरिजको अन्तिम त्रिकोणात्मक खेलमा नेपालले नेदरल्यान्ड्स विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा केही बेरपछि हुने खेलमा नेपालले टस हारेको हो।

नेपाली टिममा आज टोलीमा दुई परिवर्तन गरेको छ। आरिफ शेखलाई जारी सिरिजमा पहिलो पटक टिममा मौका दिइएको छ। सोमपाल कामी र देव खनालको स्थानमा आज आरिफ शेख र गुल्सन झा खेल्दै छन्।

लिग २ को यो संस्करणको पहिलो श्रृंखलाका रूपमा रहेको प्रतियोगितामा बलिया टोलीहरू नामिबिया, नेदरल्यान्ड्स र नेपालले एक अर्का विरुद्ध खेल्दै सिरिजको सुरुवात भएको हो।

नामिबियाले सिरिजमा सबै चारै खेल खेल्दै तीन खेलमा जित निकालेर च्याम्पियन बनिसक्दा नेपाल र नेदरल्यान्ड्सले समान १-१ जित निकालेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org