ताजा समाचार

एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

विपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

उनीहरूले विवादित तीन भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको अडान राखेका छन् । एमाले सांसद गोकुल बास्कोटाले तीन मन्त्रीको राजीनामा नआए प्रधानमन्त्रीको जवाफसँगै बर्खास्त गर्नुपर्ने अडान सुनाए ।

सभामुखले कार्यसूचीअनुसार अगाडि बढ्न पटक-पटक आग्रह गर्दा पनि निरन्तर नाराबाजी भएपछि बैठक स्थगित गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org