ताजा समाचार

एमाले संखुवासभा अध्यक्षमा खड्ग राई सर्वसम्मत

संखुवासभा । नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा खड्ग बहादुर राई सर्वसम्मत निर्वाचित भएका छन् ।

सोमबारदेखि जिल्ला समन्वयन समितिको हलमा जारी नवाैँ जिल्ला अधिवेशनको बन्दसत्रले मंगलबार राईलाई जिल्ला कमिटी अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा चैनपुर नगरपालीका पुर्व मेयर तथा नेता भरत खत्रीले उम्मेद्वारी फिर्ता लिएसंगै राई सर्वसम्मत भएका हुन ।

२१ गते ९औं जिल्ला अधिवेशन नेकपा एमाले पार्टी  सचिव रघुवीर महासेठ उद्घाटन गरेका थिए । सहमतिका लागि सोमबार र मंगलबार विहानसम्म  प्रयास गरिएको थियो ।

जिल्ला कमिटी उपाध्यक्ष, सचिव, उपसचिवमा पनि सर्वसम्मतको प्रयास भैरहेको छ । बन्दसत्रबाट नेतृत्वको आैपचारीक घोषणा भने गरीएको छैन  ।

सोमबारदेखि सुरु भएको ९ आैँ  जिल्ला अधिवेशनमा एक हजार जना भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो । नवनिर्वाचित पदाधिकारीहरूलाई  साँझ नै पद तथा गोपनीयताको शपथ गराइएको निर्वाचन समितिका एक सदस्यले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org