ताजा समाचार

आजको राशिफल: २०८० साल फागुन २३ गते बुधवार

मेष: जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ ।

वृष :नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ ।

मिथुन: सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । धार्मिक यात्राबाट आनन्दी ।

कर्कट: अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।

सिंह: अचल सम्पत्ति हात पर्ला । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्यमा समस्या आउँन सक्छ ।

कन्या: धार्मिक यात्राबाट योग । दाम्पत्य जीवन सुखमय हुनेछ । मनमा शान्ति मिल्नेछ। आर्थिक क्षेत्रमा सफलता मिल्ला । स्वास्थ्यमा गगबढी ।

तुला: रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

वृश्चिक: अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।

धनु: जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । सामान हराउने योग छ ।

मकर: महत्वपूर्ण अवसर गुम्न सक्नेछ । मन कमजोर रहला । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला । यात्रा फलदायी होला ।

कुम्भ: अभिभावकको आशीर्वादल मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ ।

मीन: राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । निर्णयमा अडिक रहनुस् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org