ताजा समाचार

गण्डकी प्रदेशसभाको चालु अधिवेशन आकस्मिक रुपमा अन्त्य

काठमाडौं । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेका हुन्।

चालु अधिवेशन हठात् रूपमा अन्त्य गरिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्रदेश प्रमुखको कार्यालयका एक अधिकारीका अनुसरा प्रदेश प्रमुखले नेपालको संबिधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य भएको बताएका छन् ।

यसअघि, बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेअनुसार अधिवेशन अन्त्य भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

केन्द्रमा गठबन्धन बदलिएर नयाँ सरकार बनेसँगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको प्रदेश सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता लिएको थियो। योसँगै पाण्डे सरकार अल्पमतमा परेको छ। यही कारण गण्डकी सरकारले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हुनसक्ने आँकलन गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org