आजको राशिफल : २०८० साल फागुन २६ गते शनिवार
मेषः दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। आँटेको काम बन्नाले भौतिक सुविधा बढ्नेछ। साथीभाइको आगमनले काममा हौसला जाग्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ। मनग्य अर्थ लाभ पनि हुनेछ।
वृषः व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। समयमा गम्भीर नबन्दा काममा पनि दुस्ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ।
मिथुनः अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। स्वास्थ्यमा हेलचेक्र्याइँ गर्दा काममा समेत बाधा हुनेछ।
कर्कटः निर्णय लिएर पनि शंका गर्ने बानीले दुविधा उत्पन्न हुनेछ। घर–सल्लाह गरी बेलैमा योजना बनाएर गरेको कामले फाइदा हुनेछ। नियमित काम सम्पादन हुनेछ। नयाँ काममा पनि आफन्तजनले साथ दिनेछन्। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बुद्धिको उपयोगले राम्रै उपलब्धि दिलाउनेछ। शुभचिन्तकहरू जुट्नाले उचित कर्मफल प्राप्त हुनेछ।
सिंह : अवसर आए पनि परिस्थिति त्यति सहज नरहला। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ।
कन्याः विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। लेनदेनका सन्दर्भमा पनि केही वादविवाद हुन सक्छ।
तुला ः प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। समयको महत्त्व ख्याल नगर्दा अवसर गुम्न सक्छ। भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला। अध्ययनमा बाधा हुनेछ। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्ने देखिन्छ। सहयोगीहरू भेटिए पनि अरूको भरले मात्र काममा सफलता प्राप्त नहुन सक्छ। राम्रो नतिजा हातपार्न रोकिएको काम दोहोर्याउनुपर्ला।
वृश्चिकः काम रोकिए पनि दोहोर्याएर प्रयत्न गर्नुहोला। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। दिगो योजनाका लागि ऋण लिने समय छ। फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ।
धनु : छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। रकम आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। खर्च गरेर पनि त्यति लाभ उठाउन नसकिएला। मिहिनेत गर्दा पछि फाइदा हुने काममा जग बसाउने मौका छ।
मकरः अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ। व्यवसायमा फाइदा हुनेछ तर नयाँ काम गर्न समय पर्खनुहोला। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ।
कुम्भः स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा पनि थकान महसुस हुनेछ। अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ। तर, धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। प्रयत्नले मात्र काम पूर्ण हुन सक्छ।
मीनः दौडधुपमै समय बित्नेछ भने मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। काम समयमा पूरा गर्न मुस्किल देखिछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुपर्ला। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। मिहिनेत गर्दा उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
आजदेखि धरहरा सञ्चालन, अनलाइन टिकट भोलिदेखि
काठमाण्डौ । आजदेखि धरहरा सञ्चालन हुने भएको छ । शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन...
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...